काठमाण्डौ पौष २१ – स्थायी घर रामेछाप भएका लोकप्रिय सर्जक राजेश कुमार नेपालीको संगीतमा भर्खरै मात्र “मेरी डल्ली” बोलको गीत सार्बजनिक भएको छ । लोक तथा दोहोरी गीत संगीतबाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका राजेशले अहिले आफ्नो सांगीतिक यात्रालाई फरक मोड दिने प्रयत्न गरेका छन् । उनले यस गीतलाई मोर्डन स्वादमा तयार परेका छन् । प्रस्तुत गीतमा राजेश कुमार नेपालीकै सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई शब्द पासाङ्ग कुमार लामा ब्लु स्काईले तयार परेका छन् ।

कृष्णा ब्लोन द्वारा तयार भएको यस गीतको म्युजिक भिडियोमा ममता राना मगर लगायतको आकर्षक अभिनय देख्न सकिन्छ । कृष्ण ब्लोन अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको “मेरो डल्ली” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन छायांकन तथा सम्पादन कृष्ण ब्लोनले नै तयार परेका हुन् । गायक तथा सर्जक राजेशले यस भन्दा पहिलेका गीतलाई झैं सम्पूर्णले माया गरेर हौसल्ला प्रदान गरिदिनुहुन अनुरोध गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया