काठमाण्डौ पौष २९ – आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ साथै आन्तरिक पर्यटन प्रबर्धनका निमित्त लोकप्रिय गायक तथा सर्जक नकुल गौतमले भर्खरै मात्र “घुमौ रामेछाप” बोलको गीतलाई सार्बजनिक गरेका छन् । गीतमा रामेछापको इतिहाँसलाई छर्लङ्ग पार्ने कोसिस गरिएको छ । गायक गायिकाको नै जन्मथलो रामेछाप भएकाले गीतमा न्यायिक स्वर भर्न सफल भएका छन् । यस गीतमा नकुल गौतम र पार्बतिको सुमधुर स्वर सुन्न सकिन्छ ।

नकुल गौतमको लय र कुमार कार्कीको शब्द द्वारा सजिएको गीतको भिडियोमा आयुष्मा कार्की, नबिन गौतम, कुमार कार्की र नकुल गौतमको आकर्षक अभिनय देख्न सकिन्छ । गायक तथा सर्जक नकुलको यो निकै समयको अन्तराल पश्चातको गीत हो । त्यसैले पनि उनले आफ्नो सांगीतिक प्रस्तुतिलाई सबैले माया गरेर थप यस क्षेत्रमा समर्पित हुने उर्जा दिनुहुने कुरामा बिश्वास राखेका छन् ।

गीतको भिडियोलाई निर्देशन मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भने कोरियोग्राफी राजाराम सिम्खडा, छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई मिलन फिल्म्स प्रडक्सन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया