चलचित्र विकास बोर्डले चलचित्रकर्मीको दक्षता बढाउन अभिनयसम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ ।

बोर्डले आगामी माघ २९ देखि फागुल्न ४ गतेसम्म अभिनयसम्बन्धी कार्यशाला चलाउन लागेको हो । कार्यशालामा सहभागी हुन चाहने व्यक्तिलाई १५ दिनभित्र बोर्डको कार्यालय वा इमेलमा आवेदन दिन आह्वान गरिएको छ ।

आवेदन फाराम बोर्डको वेबसाइटबाट डाउनलोड गरी तोकिएको इमेल ठेगानामा पठाउनु पर्नेछ ।

त्यस्तै, पहिलो दर्ता हुन आएका निवेदनलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ । यससम्बन्धी थप जानकारी चाहिए बोर्डमा सम्पर्क गर्न भनिएको छ।

तपाईको प्रतिक्रिया