काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार क्लबलाई ३-० गोलले हराउँदै आर्मीले उपाधि जितेको हो ।

आर्मीलाई जित दिलाउन कप्तान जिलेस्पीजंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले गोल १-१ गरे । डेढ दशकको प्रयासमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो ।

२०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बनको हो । आर्मीले उपाधिसहित १२ लाख १ हजार र थ्री स्टारले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया