संसद भवनभित्र प्रवेश गरेर नाराबाजी गर्नेक्रममा पक्राउ परेका लघुवित्त पीडितहरुलाई छुटेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा रिहा गरेको हो । उनीहरुलाई हिजो एकैसाथ रिहा गरिएको काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

‘पक्राउ परेका सबै रिहा भइसक्नुभएको छ । हामीले हिजो उहाँहरुलाई हाजिरी जमानीमा छोडेको हौं’, उनले भने ।

गत फागुन १४ गते लघुवित्त पीडितहरु कडा सुरक्षा घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका थिए । उनीहरुले परिसरभित्र नाराबाजी गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए ।

सो घटनापछि बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । प्रहरीले संसद भवन, सिंहदरबार र वालुवाटारस्थित फुटपाथमा डोरी टाँगेर पैदल हिंडन रोकेको थियो । आज भने त्यहाँको डोरी हटाइएको छ ।

तपाईको प्रतिक्रिया