धनकुटा, फागुन २० गते ।

धनकुटाको पाख्रीबास नगरपालिका( १० चुङबाङ स्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । आज दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादै गरेको को।२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका गाडीमा सवार पाख्रीबास नगरपालिका( १० धनकुटाका रेमन राईको ९ बर्षीय छोरी सँस्कृती राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका धनकुटा नगरपालिका( ४ का ३६ बर्षीया देबिका खत्री र १४ बर्षीय अभिनाश खत्रीको सोहि अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईते पाख्रीबास( १० की २२ बर्षीया रबिका राई, ६० बर्षीया लक्ष्मी राई, ४० बर्षीया सानु आले, धनकुटा( ४ की ३७ बर्षीया देवी खत्री, १० बर्षीय अजित खत्री र सुनिता खत्रीको घोपा धरानमा उपचार भईरहेको छ । घटनामा संलग्न पिकअप चालक पाख्रीबास( १० का ५५ बर्षीय राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया