काठमाण्डौ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा गायक पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न”सार्वजनिक भएको छ । यस गीतमा पारस गोराल र पछिल्लो समय की भाईरल गायिका अञ्जु बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत रहेको छ ।

यस गीतको एरेञ्ज, रेकर्डिङ, मिक्सिङ रमेश सेञ्चुरीले गरेका हुन् । यस गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन, लोकेश भाटको सम्पादन, बिरेन्द्र भाट “बिपिन” को रंग संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा सुरेन्द्र कुमार दाहाल, मञ्जिता केसी, पारस गोराल, भिम बहादुर पौडेल, कबिराज बिश्वकर्मा, समित परियार लगायत अन्यको अभिनय रहेको छ । यस गीतलाई पारस गोराल कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया