विराटनगर, २०८० फागुन २४ गते ।

मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ बर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ बर्षीय बिजय राई रहेका छन् । हिजो बेलुका सभा ४ बजे कुंवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभिल ८ एम्पुल र फेनारागन ८ एम्पुल सहित पक्राउ गरेको थियो भने राईलाई हिजै बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थितबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल सहित पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया