रोल्पामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुन्टीगढी गाउँपालिका–१, लापल बस्ने २६ वर्षीय तुलबहादुर भन्ने आकाश घर्तीमगरलाई प्रहरीले पक्रेको छ ।

उनले ती बालिकालाई अस्ति जबरजस्ती करणी गरेको बताइन्छ । अस्थायी प्रहरी पोष्ट सुर्पाल र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले आज बिहान उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया