काठमाडौंको प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा एक कार्यक्रम वीच नेपाल टाईगर साप्ताहिकले ३२ औ वार्षिक उत्सव मनाएको छ । सो पत्रिकाका संचालक तथा सम्पादक मधु वि.सी.को सभापतित्वमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि पूर्व सभामुख दमननाथ ढुंगाना हुनुहुन्थ्यो । कार्यक्रममा आसन ग्रहणसँगै अतिथिहरुलाई खादा ओढाई प्रमुख अतिथिवाट पानसमा दिप प्रज्वलन गरी सुरु भएको कार्यक्रममा राष्टिय गित बजाईएको थियो । ज्ञात अज्ञात सहित प्रति एक मिनेट धैर्य धारण गरिएको थियो । प्रमुख अतिथि पूर्व सभामुख दमननाथ ढुंगानाद्धारा स्मारिक लोकार्पण गरीएको थियो । विषेश अतिथि वरिष्ट अधिवक्ता कृष्ण प्रसाद भण्डारी हुनुहुन्थ्यो । कार्यक्रम संचालन सागर समिरले गर्नु भएको थियो । सो कार्यक्रममा नेपाल टाइगर साप्ताहिकवाट सम्मान तथा अभिनन्दन निम्न व्यक्तित्वहरु हुनु भएको छ । बसन्त कुमार भट्टचन, स्यालग्राम अधिकारी , योगजंग कार्कि, अम्विका देवी श्रेष्ठ अभिनन्दीत तर्फ का वक्ताले आफ्नो धारण राख्दै भन्नु भयो ।बक्ता योगजंग कार्कि र देश आर्थिक रुपमा ओरालो लागेको छ । राजनीति गलत दिशामा अगि वढिरहेको छ ।

सम्मान पत्र पाउनुहुने व्यक्तित्व पुरुषोत्तम पोखरेल, राजेन्द्र कुमार वस्नेत, शेरपति थापा रोकाय, कवि विश्वमोहन श्रेष्ठ, डा. हरिहर खनाल, डा. हेम वहादुर गुरुङ, श्री शंकर कुमार निरौला, ऋषिकेश श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।

सम्मानितको तर्फवाट मन्तब्य राजेन्द्र कुमार वस्नेतले राख्नु भएको थियो तथा कविता वाचन कवि विश्वमोहन श्रेष्ठले गर्नु भएको थियो । कवि श्रेष्ठले आफ्नो कविता लेखन यात्रा पचासौं वर्ष पार गरेको वताउनु भएको थियो । उहाँले वाचन गरेको कविता समुन्द्रमा यति धेरै पानि कहाँवाट आउँछ, यो संसारमा उति धेरै मान्छेहरु दुःखी छन् तिनीहरु रोए पछी यो आँखु कहाँ जान्छ थियो ।
त्यसैगरी केशवराज विष्ट, सिता कार्कि, विनु खड्का, कौलास नाथ, भवनाथ गौतम, सत्यमाया वस्नेत, पुष्प वहादुर कार्कि, बुद्धि बहादुर कार्कि, शिला दाहाल, प्रमिला सिलवाल, ज्योति रन्जीत, नारायण वुढाथोकी, केशव ढकाल, शान्ति श्रेष्ठ, दुर्गा भट्टरार्इृ, कुष्ण सिं बस्नेत हुनुहुन्थ्यो ।
कुष्ण सिं बस्नेतले पत्रिकालाई प्रगतिको शुभकामना दिदै ओझेलमा परेको आफुलाई उजागर गराईदिन कोसिस गरेकोमा आफु उत्साहित भएको विचार व्यक्त गर्नुभको थियो । त्यसैगरी डा.हरिहर खनालले आफ्नो मन्तव्य राख्दै आफु लामो समय देखी मुटुरोगीहरुको सेवा गर्दै आएको र मुटुरोग र मधुमेह सम्वन्धि किताव लेखेको, मुटुरोगीलाई सुक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि पूर्व सभामुख दमननाथ ढुंगानाले सम्मानले काम गर्ने व्यत्तिलाई हौसला प्रदान गर्ने हुनाले यस्ता कार्यक्रम गरिरहनु पर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा नेपाल टाईगर साप्ताहिकका संचलक तथा सम्पादक मधु बहादुर वस्नेतले ३२ औं बर्षमा ल्याउदा विभिन्न आरोह अवरोह पार गर्दै आएको यो जिउदो इतिहासको रुपमा पत्रिका संचलन गरेको बनाउनु भयो । कार्यक्रम विसर्जन गर्दै उहाँले सम्पुर्णलाई धन्यवाद तथा आभार व्यक्त गर्नु भयो र कार्यक्रम समापन भयो ।

तपाईको प्रतिक्रिया