विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ ।

विहिबारको खेल अगावे समुह ए बाट आर्मी ८अंकका साथ शिर्ष स्थानमा रहन्दै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीसँगै समुह ए बाट कर्णाली समुह उप विजेता भएको छ । त्यस्तै समुह वि बाट लुम्बिनीले ४ मा ३ खेल जित्दै ६ अंकका साथ समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिमले पनि ४ मा ३ खेल जित्दै ६ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समुह विजेता ाबनेको हो ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा मधेश प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको छ । यो खेलमा मधेशले एपिएफलाई ८३ रनले पराजित गरेको भए मधेश सेमिफाइनलमा पुग्ने थियो भने एपिएफले ८ दशमलव ३ बलमा मधेशमाथि जित हात पारेको भए सेमिफाइनलको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको योगफल तयार पारेको थियो । मधेशकाकालागि प्लेयर अफ द म्याच विशाल शुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरि अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविशेक तिवारीले १९ रनको योगदान दिए । एपिएफका कप्तान भुवन कार्कीले ३ विकेट लिँदा पूरन विकले पनि ३ विकेट लिए ।

जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफले पुरै ओभर खैल्दै ८ विकेटको क्षतिमा १ सय २२ रनमा सिमित भयो । एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरि ५२ रनमा बनाउँदा क्पतान भुवन कार्कीले अविजित १२ रन र आयूुमान बमले पनि १२ रन बनाए । मधेशका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए ।

दोस्रो खेलमा विभागिय टोली नेपाल पुलिसलाई वागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हार पछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२ दशमलव ५ बलमा वागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समुह उप विजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७३ रनको स्कोर बनाएको थियो । वागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरि अविजित ७४ रन बनाउँदा रविन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अविशेक कार्की २ विकेट लिँदा दिपक सेरलाले पनि २ विकेट लिए । जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सवै विकेट १ सय ४० रनमा सिमित भयो । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरि ४३ रनको पारी खेले भने शंकर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । वागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले २–२ विकेट लिए ।

शुक्रबारको पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया