बिराटनगर, चैत ०३ गते ।

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे मोरङको बिराटनगर महानगरपालिका १५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बराह्रक्षेत्र नगरपालिका- ६ सुनसरीका ३० बर्षीय बिजय कुमार राउतलाई लागुऔषध ब्राउनसुगर १६ ग्राम ८८ मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ स्थितबाट नियन्त्रित औषधी ट्रमानिल र स्पास्मो गरी जम्मा ७०८ ट्याबलेट सहित बराहक्षेत्र- ४ का २१ बर्षीय गोविन्द खत्रीलाई प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय अनारमनीबाट झापाको अर्जुनधारा नगरपालिका- ६ स्थित खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ४ के.जि. ६५० ग्राम सहित ७४ बर्षीय भरोसी यादव, ३९ बर्षीय गोपाल यादव र कचनकवल- ७ का २७ बर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया