अमेरिकी सेनाको उच्चस्तरीय टोली नेपाल आएको छ । जोइन्ट टास्क फोर्स कमाण्डर ह्यारिसन मेयर नेतृत्वको टोली नेपाल आएको हो ।

हिजो दिउँसो साढे १ बजे वायुसेनाको चार्टरनम्बर सिएटीए–१०१ मा बंगलादेश हुँदै काठमाडौं आइपुगेको उक्त टोली आज बिहान विराटनगर प्रस्थान गरेको छ ।
पौने १० बजे टोली अमेरिकी वायुसेनाको कूटनीतिक उडानमार्फत विराटनगरको लागि प्रस्थान गरेको हो ।

टोलीमा पाँच जना छन् । उक्त टोली दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया