काठमाण्डौ । कुनै पनि क्षेत्रमा दिर्घायु प्राप्त गर्न त्यस क्षेत्र संग सम्बन्धित ज्ञान हुन जरुरी छ । पछिल्लो समय आफु भित्र ज्ञान नै नभई नेपाली गीत संगीतमा प्रबेश गर्ने जमात बढ्दो छ । जसको फलस्वरूप छोटो समयमा नै उनीहरु पलायन हुने गरेका छन् । अझै भाइरलहरुले यस क्षेत्रमा धुलो उडाईदिंदा झनै ज्ञान हाँसिल गरेका कलाकारहरुलाई कठिन परेको छ ।

यस्तो परिस्थितिमा पनि संगीतको बिद्यार्थी बन्दै विभिन्न गीत संगीतहरु बजारमा ल्याइरहेका कलाकार हुन् राजकुमार शाह शंकर । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । संगीतको यात्रा संगै शाहले संगीतको ज्ञान पनि लिईरहेका छन् ।

उनको भर्खरै बजारमा आएको गीत “झरी” हो अवि ब्याण्डको शब्द संगीतमा तयार भएको यस गीतमा राजकुमार शाह शाह शंकर स्वयम् ले स्वर भरेका छन् । शब्द संगीत र स्वरको मझ्बुद मिश्रण भएको गीतको भिडियोमा देबेन्द्र बब्लु र सनसाइन सन्जु, आकृति पुन मगर, सगर गहतराज र अवि तामाङ्गको  आकर्षक म्युजिक भिडियो अभिनय देख्न सकिन्छ ।

बिशाल घिमिरेद्वारा निर्देशित भिडियोलाई कोरियोग्राफी जेरी भण्डारी, छयांकन नबराज उप्रेती र सम्पादन अमृत चापागाईले गरेका छन् । गीतलाई राजकुमार शाह शंकर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

 

तपाईको प्रतिक्रिया