काठमाडौं– ४८ औं दिनमा दिनेश राउत निर्देशित ‘पुजार सार्की’को प्याकअप भएको छ। फेसबुकमा दुई तस्विर पोस्ट गर्दै राउतले सिनेमा प्याकअप भएको जानकारी दिएका हुन्।

‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै फिल्म ‘पुजार शार्की’को सम्पूर्ण छायांकन ४८ औं दिनमा समाप्त भएको उनले जानकारी दिएका छन्।

साथै छायांकनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने कास्कीकोटबासी लगायत ‘पुजार सार्की’को पूरै टिमप्रति आभारसमेत व्यक्त गरेका छन्।

सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली तथा परीक्षा लिम्बुको मुख्य अभिनय रहेको छ।

सिनेमा विकास सुवेदीले लेखेका हुन्। संगीतकार सुभाष भूषालले सिनेमाका निर्माता हुन्। सिनेमा छुवाछूतको सामाजिक विषयमा आधारित छ।

तपाईको प्रतिक्रिया