झापा, चैत ०८ गते ।

झापाको भद्रपुर नगरपालिका- २ स्थितमा खन्तीले टाउकोमा प्रहार गर्दा १ जनाको मृत्यु भएको छ । हिजो राती ९ बजे स्थानीय ३५ बर्षीय सनम भन्ने गंगा राई सोहि स्थान बस्ने  ३० बर्षीय कमान सिंह राईको घरमा आई सुतेकोमा आज बिहान ५ बजे ३० बर्षीय कमान सिंह राईले पुरानो रिसिवीको कारण सुतिरहेकै अवस्थामा फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गंगा राईको घट्नास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया