बिराटनगर, चैत ०८ गते ।

मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध गाँजा र प्रतिबन्धि औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ११ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ७ स्थित लागुऔषध बिचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा २७ बर्षीया सुजा लिम्बु र उनको भाई २१ बर्षीय अमृत लिम्बुको साथबाट ट्रामाडोल, डिकोलाईट गरी जम्मा ९ सय ट्याब्लेट प्रतिबन्धित औषधी फेला पारी पक्राउ गरेको हो भने पथरिशनिश्चरे नगरपालिका २ बाट धनकुटा शाँघुरीगढी नगरपालिका- ३ का ४२ बर्षीय प्रेम कुमार याखालाई समेत ६ के.जी. गाँजा सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया