सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइवा धरौटीमा रिहा भएकी छन् । उनी गत फागुन १६ गते कुटपिटको आरोपमा बाह्रबिसेबाट पक्राउ परेकी थिइन् । २६ दिनको हिरासतपछि उनी आज धरौटीमा रिहा भएकी हुन् ।

कलाकार पवन खतिवडा उर्फ म्याकुरीले वाइवाविरुद्ध प्रहरीमा कुटपिटको उजुरी दिएका थिए । म्याकुरीले आफूलाई फसाउनको लागि वाइवाले २५ लाखको डिल गरेको समेत आरोप लगाएका थिए । वाइवाकै कारण आफू र श्रीमती सुम्निमा खालिङको बीचमा सम्बन्धमा दरार आएको पनि म्याकुरीको निरन्तर आरोप छ ।

अहिले म्याकुरी र सुम्निमा अदालती प्रक्रियामा गएका छन् । उनीहरुको मुद्दा विचाराधीन छ ।

तपाईको प्रतिक्रिया