कुमोद अधिकारी विराटनगर १४ चैत
हम्रो शान विराटनगरको पहिचान विराट गोल्डकप भन्ने नारा सहित भोली देखि विराटनगरमा आयोजना हुन लागेको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
विराट गोल्डकप ट्रष्टले आज पत्रकार सम्मेलनगदै विराटनगरको सहिदरंगशालामा आयोजना हुन लागेको सो फुटवल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
यस अघि समिति मार्फत हुँदै आएको फुटबल प्रतियोगिताको यस वर्षको विराट गोल्डकपको आठौ सस्करणको ट्रष्टले आफैले आयोजना गर्दैछ ।
ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले भोलविाट चैत– २४ गतेसम्म विराटनगर आयोजना हुन लागेको फुटबल प्रतियोगितामा नेपालका ७, भारतका २ र भुटानका १ गरी ३ देशका १० टोलीको सहभागिता रहन जानकारी गराउनुभयो । प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगद सहित शिल्ड प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार, उत्कृष्ट गोल रक्षकलाई नगद २१ हजार, सर्वाधिक गोल कर्तालाई नगद २१ हजार, प्रत्येक दिन खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गर्ने अध्यक्ष शाहीले बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । विराट गोल्डकप ट्रष्टले टिकट बिक्रीबाट ५० देखि ६० लाख कोशी प्रदेश सरकारबाट २५ लाख, विराटनगर महानगरपालिकाबाट १२ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख र विभिन्न प्रयोजक तथा विज्ञापनदाताबाट ३० देखि ३५ लाख रुपैयाँ प्राप्त हुने ट्रष्टका कोषाध्यक्ष अनुज बानियाले बताउनुभयो ।
विराट गोल्डकप ट्रष्टले फुटबल प्रतियोगिताको दुई मुख्य प्रायोजक एसियन थाइफुड्स र एनआईसी एसिया बैंकबाट ६÷६ लाख, प्रायोजक पेपे पिज्जाबाट ५ लाख, सहप्रायोजकबाट २ लाख र उपप्रायोजकबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पत्रकार सम्मेलनमा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, उपाध्यक्ष किशोरबहादुर तिम्सिना, महासचिव विनेश बस्नेत, सचिव ध्रुर्व सिग्देल, कोषाध्यक्ष अनुज बानिया, सहकोषाध्यक्ष बिमल राज भण्डारी लगायत सदस्यहरूको सहभागिता रहेको थियो । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराट गोल्डकप डे नाइट फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ट्रष्टले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ ।

ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले २०८० साल चैत्र १५ देखि २४ गतेसम्म विराटनगर स्थित शहिद रंगशालमा आयोजना हुन लागेको फुटबल प्रतियोगितामा नेपालका ७, भारतका २ र भुटानका १ गरी ३ देशका १० टोलीको सहभागिता रहेको जानकारी गराएको छ । प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगद सहित शिल्ड प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार, उत्कृष्ट गोल रक्षकलाई नगद २१ हजार, सर्वाधिक गोल कर्तालाई नगद २१ हजार, प्रत्येक दिन खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गर्ने अध्यक्ष शाहीले बताए । प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ३४ हजार रुपैयाँ खर्च हुनेछ । विराट गोल्डकप ट्रष्टले टिकट बिक्रीबाट ५० देखि ६० लाख कोशी प्रदेश सरकारबाट २५ लाख, विराटनगर महानगरपालिकाबाट १२ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख र विभिन्न प्रयोजकबाट ३० देखि ३५ लाख रुपैयाँ प्राप्त हुने ट्रष्टका कोषाध्यक्ष अनुज बानियाले बताए ।

विराट गोल्डकप ट्रष्टले फुटबल प्रतियोगिताको दुई मुख्य प्रायोजक एसियन थाइफुड्स र एनआईसी एसिया बैंकबाट ६÷६ लाख, प्रायोजक पेपे पिज्जाबाट ५ लाख, सहप्रायोजकबाट २ लाख र उपप्रायोजकबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछ । पत्रकार सम्मेलनमा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, उपाध्यक्ष किशोरबहादुर तिम्सिना, महासचिव विनेश बस्नेत, सचिव ध्रुर्व सिग्देल, कोषाध्यक्ष अनुज बानिया, सहकोषाध्यक्ष बिमल राज भण्डारी, लगायत सदस्यहरूको सहभागिता रहेको थियो । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराट गोल्डकप डे नाइट फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया