मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कृषि, पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हात पार्न सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्ने छन् । खुसीको समाचार सुन्न पाइनेछ । नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढेपनि शुभ चिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केहि असमझदारी बढ्न सक्छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्य योजना बन्ने र नयाँ कामको सुरुवात समेत हुनेछ । काम सामान्य भएपनि राम्रो आम्दानी हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हात लागी हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अवरोध हुनेछ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभ चिन्तकहरूले साथ दिनेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । नोकरी प्राप्त हुने सम्भावना छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठन पाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेको लगानी तथा श्रमबाट राम्रो प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिला सुस्ती हुन सक्छ । चोट पटकको योग देखिएकाले सवारी साधन तथा हात हतियार उपयोग गर्दा सचेत रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला ।

तपाईको प्रतिक्रिया