काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए । इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ । फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ । एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकार बिक्रम डिसी हुन् । विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको फिल्म झापा र इलामका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको छ । फिल्ममा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिछन् । फरक ढंगबाट परदेशीएका युवाको कथालाई डम्बरेमा देखाइने उनले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आजको राशिफल : वि.सं. २०८१ वैशाख २२ गते शनिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले...
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ
काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ...
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा
विराटनगर, २१ वैशाख । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ। शुक्...
जिशु कोइरालाको ‘एउटा खुशी’सार्वजनिक
पछिल्लो समयकी चर्चित मोडल जिशु कोइरालाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र विशाल निरौलाको स्वर ...
ठगिनबाट जागिन उपभोक्ता आफैं जागरुक र सचेत हुनुपर्छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु ...
आजबाट ‘मनसरा’प्रदर्शनमा
फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको फिल्म आजबाट रिल...