काठमाण्डौ – विराट गोल्डकपको आठौँ संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । विराटनगरको शहीद मैदानमा गए राति सम्पन्न फाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

मच्छिन्द्रका छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उपाधिसँगै मच्छिन्द्रले ११ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सांग्रीलाले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

तपाईको प्रतिक्रिया