मुम्बई, २८ चैत । आरआरआरको सफलतापछि जुनियर एनटीआर आफ्नो अर्को फिल्म लिएर आउँदैछन् ।

हाल उनको खातामा धेरै ठूला फिल्महरू छन्, जसमध्ये एक वाइआरएफ युनिभर्सको फिल्म समावेश छ। यस वर्ष उनको आगामी फिल्म ‘देवरा पार्ट १’ हो। फिल्मको काम सकिएको छ, अहिले पोस्ट प्रोडक्सनको चरणमा छ । यो फिल्ममा उनीसँगै जान्हवी कपुर र सैफ अली खान पनि देखिनेछन् । तर जुन फिल्मकाका लागि उनी हेडलाइनमा छन्, त्यो त ऋतिक रोशनको ‘वार २’ हो ।

उनी केही समयअघि यो ब्रह्माण्डमा प्रवेश गरेका छन् । फिल्ममा उनी भारतीय एजेन्टको भूमिकामा देखिनेछन् भन्ने सबैलाई थाहा छ तर त्योभन्दा पनि ठूलो कुरा हुन लागेको छ । जसको बारेमा ठूलो अपडेट बाहिर आएको छ।

ऋतिक रोशन अहिले ‘वार २’ को सुटिङमा व्यस्त छन् । केही समयअघि उनीहरुको सेटका केही तस्विरहरु पनि लिक भएका थिए । त्यसपछि उनले जुनियर एनटीआरको बडी डबलबाट सुटिङ सुरु गरेको खुलासा भयो । फिल्ममा दुबैले एक्सन सिन देखिने छन् । अभिनेता जुनियर एनआरटीको चरित्र उनले पहिले खेलेका भूमिकाहरू भन्दा धेरै फरक हुनेछ।

जुनियर एनटीआर ‘वार २’ मा भारतीय एजेन्टमा हुनेछन् । अब सिनेजोस नामक वेबसाइटबाट एउटा रिपोर्ट आएको छ । यस अनुसार जुनियर एनटीआरको ‘वार २’ मा दोहोरो भूमिका हुने भएको छ । ऋतिक रोशन र जूनियर एनटीआरलाई यो प्यान इन्डिया मल्टिस्टारर फिल्ममा सँगै हेर्नका लागि फ्यानहरू निकै उत्साहित छन्। जुनियर एनटीआर फिल्ममा नकारात्मक र सकारात्मक दुवै भूमिकामा देखिने बताइएको छ । तर, फिल्ममा उनको दोस्रो भूमिका निकै महत्वपूर्ण हुने भएको छ, त्यो भने अन्तरालमा खुल्नेछ । साथै यो कथा फिल्मको एक महत्वपूर्ण भाग हुनेछ।

जुनियर एनटीआर र ऋतिक रोशन स्क्रिन सेयर गर्दै देखिने खबर आएपछि फ्यानहरुको खुसीको सीमा रहेको छैन । वास्तवमा, यो वाइएफआर ब्रह्माण्डको महत्त्वपूर्ण फिल्महरू मध्ये एक हुन गइरहेको छ । किनकि, यसपछि शाहरुख–सलमानको ठूलो तस्विरको लागि स्टेज सेट हुनेछ।

सन् २०१९ मा ‘वार’ आएको थियो, जसले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको थियो । जुनियर एनटीआरले फिल्मका लागि १०० करोड भारु लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया