चीनको सर्वोच्च अदालतले देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ ।

न्यायाधीशले सम्बन्धविच्छेद गर्ने आमाबाबुलाई आफ्ना छोराछोरीप्रतिको कानुनी दायित्वहरू सम्झाउन र उनीहरूलाई सम्बन्धित कानुनको उल्लङ्घनका परिणामहरूबारे चेतावनी दिन आवश्यक रहेको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धविच्छेद गर्ने आमाबाबुले बालबालिकालाई जबरजस्ती कब्जा गर्ने वा लुकाउने तथा उनीहरूको पालनपोषण नगर्नेजस्ता कामहरूबारे कडाइका साथ सुनुवाइ गर्ने चिनियाँ सर्वोच्च अदालतले भनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्थानीय अदालतहरूलाई सम्बन्धविच्छेद मुद्दाको प्रत्येक चरणमा बाल सुरक्षालाई संरक्षण गर्न विभिन्न सञ्चारमाध्यम प्रयोग गर्न प्रोत्साहित गरिएको छ ।

तपाईको प्रतिक्रिया