एयर इण्डियाका झण्डै सय जना कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि हिजो एयर इन्डियाका ८५ उडान रद्द भएका छन् । अचानक माग भएको सामूहिक बिरामी बिदालाई नयाँ स्वामित्वले लगाएको भर्ती र पदोन्नतिको नयाँ नीतिमा कर्मचारीको असन्तुष्टिसँग जोडिएको छ ।

कम्पनीका प्रवक्ताले विज्ञप्ति निकालेर अप्रत्याशित परिस्थितिबाट यात्रुलाई हुने असुविधालाई ध्यानमा राखेर हरसम्भव प्रयास गरिरहेको जनाएको छ । कर्मचारी अभावका कारण मङ्गलबारदेखि ९० भन्दा धेरै उडान अवरुद्ध भएको एयरलाइन्सले अस्ति बुधवार जनाएको थियो । एयर इन्डियाले हरेक हप्ता दुई हजार पाँच सयभन्दा धेरै उडान गर्दै आएको छ ।

ऋणग्रस्त अवस्थाबाट निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय टाटा समूहले यो एयरलाइन्सलाई अधिग्रहण गरेको थियो ।

तपाईको प्रतिक्रिया