महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यको साथ शी लिड्स आईकन २०८१ को आवेदन खुलेको हो ।महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने “कल्प इम्पावर वेमेन नेपाल” ले महिला स्वास्थ्य, महिला उद्यमशीलता , न्याय तथा निती,महिला सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी काम गर्ने महिलाजनप्रतिनिधिहरु बिचमा प्रतिस्पर्धा गराउने भएको छ ।
जसका लागि नेपाली महिला जनप्रतिनिधिहरूको सहभागितामा जीवन भोगाइ, जनप्रतिनिधि भए पश्चात गरेका राम्रा कामहरु, अहिलेपनि भोग्नु परेका समस्या र चुनौतीहरुलाई समावेश गरेर प्रेरणादायी वृत्तचित्र सहित ‘राजनितिमा महिला ‘ बिषयक राष्ट्रिय बहसको थालनी समेत सुरु गरीसकेको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले बताईन् । सुचना र प्रविधिको युगानुसार उनिहरुको कर्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार गर्दै आम जनताको बिचार ,भावना र अभिमतलाई समेटेरलाई थप उर्जा र हौसला प्रदान गरिने कल्पले जनाएको छ ।
नेपाली महिला जनप्रतिनिधिहरूको प्रेरणादायी जीवनी मार्फत समग्र महिला अधिकारको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउने, राजनैतिक क्षेत्रबाट टाढा रहेका तथा सुरुवाती अवस्थामा रहेका महिलाहरुलाई हौसला तथा उर्जा प्रदान गर्ने , राजनैतिक क्षेत्रमा पछाडि पारिएका महिलाहरुमा राजनैतिक सोच र क्षमताको अभिवृद्धि गर्न भुमिका निर्वाह गर्ने , संविधान प्रदत्त महिला अधिकारलाई व्यवहारीक रुपमा महिलाहरुले प्रयोग गर्ने वातावरण मिलाउन दबाव सृजना गर्ने उदेश्य सि लिड आईकनको रहेको छ ।
यसैगरी राजनैतिक अधिकारको आन्दोलनमा रहेका महिला अधिकारकर्मीहरुलाई सहयोग प्रदान गर्ने , महिला अधिकार र सशक्तिकरणको लागी आवश्यक योजना निर्माण गर्न टेवा पुर्याउने , नेपाली महिला जनप्रतिनिधिहरूको विगत, वर्तमान र भविष्यको बारेमा वृत्तचित्र तयार पारेर प्रेरणादायी कृतीको रुपमा संग्रह गरिने उदेश्य रहेको कल्पकी अध्यक्ष पुजा कोइरालाले बताईन् ।
सी लिड आईकनमा भाग लिन गुगल फर्म मार्फत आवेदन दिन सकिन्छ । फर्म भर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।
लिङ्क : https://forms.gle/Z6HUtnDVNHsRhXzWA
भिडियो हर्नुहोस