काठमाण्डौ – कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ चौतारामा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

ललितपुरबाट हेटौंडातर्फ गुडरहेको कार बिहान चौतारानजिकै सडकबाट खसेको हो । ज्यान गुमाउनेमा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन् ।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो । साह र ब्लोनको उपचारका क्रममा ज्यान गएको डीएसपी भण्डारीले बताउनुभयो । दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते हुनुभएको छ । उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया