काठमाडौँ । गायक कुमार विश्वकर्माले लोक दोहोरी गीत ‘तिम्रो लागि मै हुँ’ सार्वजनिक गरेका छन् ।‘तिम्रो लागि मै हुँ’कुमारको दोस्रो गीत हो । ‘खास्टो हो कि बर्को’गीतबाट औपचारिक संगीत यात्रा सुरु गरेका उनी गल्मीको सत्यवती ३ ठूलो लुम्पेकमा जन्मेका हुन् ।
सामान्य परिवारमा जन्मे हुर्केका कुमार ७ वर्षदेखि दोहोरी साँझ मार्फत संगीत क्षेत्रमा सघर्षरत छन् ।
गायनमा सम्भावना बोकेका कुमारलाई ‘तिम्रो लागि मै हुँ’दोहोरी गीतलाई दर्शक स्रोताले मन पराउनेमा ढुक्क देखिन्छन् ।
कुमारकै शब्द र संगीतमा तयार भएको गीत गायनमा मेलिना राईले साथ दिएकी छिन् । कृष्ण भाञ्जाको एरेन्ज रहेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
ओवि रायमाझी र नारायणी खत्री अभिनित भिडियोमा विनोद भण्डारीले कथा र निर्देशन रहेको छ । प्रशान्त मगरको कोरियोग्राफी रहेको भिडियोमा मनोज कार्कीले सम्पादन र कलर गरेका हुन् । गीतलाई कुमार विश्वकर्माको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस