स्टकहोम, १७ बैशाख । युरोपेली देश स्वीडेनको अप्सला सहरमा रहेको हेयर सैलुनमा गोली चलेको छ । अहिले यसमा ३ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् ।
स्वीडेनको मिडियाले यो जानकारी दिएको छ । स्थानीय प्रहरीका अनुसार साँझ सहरको वाक्सला स्क्वायर नजिकै गोली चलेको आवाज सुनेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।
मंगलबार एक विज्ञप्तिमार्फत स्विडन पुलिसले जानकारी दिए केही मानिसले प्रहरीकोमा कल गरेका थिए कि सैलुनमा गोली चलेको छ ।
यो घटना राजधानी स्टकहोमको उत्तरमा ६० किलोमिटर टाढा रहेको भाक्सला स्क्वायर नजिक भएको हो । त्यसपछि आकस्मिक सेवाका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए र हत्याको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
स्वीडेनको सार्वजनिक टेलिभिजन स्टेशन एसटिभीले सो हत्यामा संलग्न संदिग्ध स्कूटरमा भागेको बताएको छ। प्रहरी अधिकारीले इलाकालाई घेरा हालेर अनुसन्धान सुरु गरेका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।