सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिकालाइ पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगरपालिका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यतामा सदरमुकाम सल्लेरीस्थित एक होटलमा आयोजित विशेष समारोहमार्फत यो कार्याक्रम घोषणा गरिएको हो ।
सोही बैठकमा राष्ट्रिय पुर्णखोप निर्देशिका बमोजिम सबै प्रक्रिया पुरा गरि वडा भित्र खोप कार्यक्रम सम्पन्न गरिए पश्चात सफल खोप अभियानमा समर्पित स्वास्थ्यकर्मी, स्वयंसेविका तथा सहयोगी संस्थाहरूलाई सम्मान पनि प्रदान गरिएको थियो । ‘स्थानीय स्रोत उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ यो कार्याक्रम आयोजित गरिएको हो । ११ वटा वडा रहेको यस वर्ष नगरपालिका भर १ हजार ३९९ जना बालबालिकाले खोप लगाएका नगरपालिकाका जन स्वास्थ्य निरीक्षक चमर बहादुर मगरले बताउनुभयो । जसमा जन्मेदेखी १५ महिना उमेर समूहका २७२ जना र १६ देखी ५९ महिनासम्मका १ हजार १२७ जना गरेर कुल १ हजार ३९९ जनाले खोप लगाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा ६ का वडाध्यक्ष एवं नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले आगामी दिनहरुमा पनि नगरपालिकाको स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामहरु गदै जाने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै नगरप्रमुख शेर्पाले खोप लगाएर मात्र नहुने र त्यसको प्रभावकारीता पनि हेर्नुपर्ने बताउनुभयो । खोप लाउदै गर्दा गुणस्तरीय छ कि छैन भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो स्वास्थ्य शाखाले नगरपालिकाको सम्पूर्ण बालबालिकाको लागि खोप लगाएर पूर्ण खोप सुनिश्चितता भएकोमा सबैलाई धन्यवाद दिनुभएका छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले ५ वर्ष मुनीका सबै बाबलबालिकाले खोप लगाएर पूर्ण सुुुनिश्चितता भएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएको कुराले काम गर्न थप हौसल्ला मिल्ने बताउनुभयो । पूर्ण खोप सुनिश्तिता घोषणा कार्यक्रममा नगरप्रमुख शेर्पा, वडा नम्बर ६ का अध्यक्ष तथा नगर प्रवक्ता शेर्पा, विभिन्न वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र नगरपालिकाका कर्मचारीको उपस्थित रहेको थियो ।