काठमाडौँ, जेठ २८ गते । प्रहरीले डिएसपी हुँ भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार आफू डिएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनी ६ लाख रुपियाँ ठगी गर्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र ४२ वर्षीय रेवती ओझा पक्राउ परेका छन् ।

उहाले स्थायी घर काभ्रेपलान्चोक चौँरी देउराली ८ का लामामाथि २०७० फागुन २० गते हातहतियार खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको देखिएको जानकारी दिनुभयो ।

यसै गरी, स्थायी घर सुनसरी, इटहरी उपमहानगरपालिका ४ पाँचघरे भई हाल काठमाडौँ कलङ्की बस्ने ओझामाथि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँबाट केही सार्वजनिक अपराध कसुरमा २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया