महेश भट्टराई /इनरुवा: सुनसरी – सिर्जनामा इनरुवाको ४० औँ शृङ्खला सम्पन्न भएको छ ।
सुनसरी बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रमको आयोजना गरेर शृङ्खला सम्पन्न गरेको हो । २०७७ सालमा स्थापना भएको यस संस्थाले भाषा, कला र साहित्यका क्षेत्रमा नियमित रूपमा काम गर्दै आएको छ । नोबेल साकोस साहित्य संस्थाका कोषाध्यक्ष लघुकथाकार ऋषि तिवारी प्रमुख अतिथि उपाध्यक्ष भूपाल अधिकारी विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा महानन्द साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष छविनाथ रिजाल, प्राज्ञ जीवनाथ पोखरेल ‘पन्छी’, साहित्य सौगातका प्रधान सम्पादक शशिप्रसाद बजगाईं, महाकाव्यकार डम्बरुबल्लभ भण्डारी, लेखक तथा अनुसन्धाता केशु विरहीलगायतका लेखक तथा स्रष्टाहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सिर्जनामा इनरुवाका सहसचिव राधा सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विष्णु थापा मगर, सञ्जीव कटुवाल, रङ्गलाल भट्टराई, नवराज पोखरेल ‘नवशिला’, टीका मिलन, सागर तिम्सिना, एकराज भट्टराई, उमा खतिवडा, टङ्कप्रसाद भेटवाल, प्रिन्स प्रमोद ढकाल, किस्मत खतिवडा, निर्मला भट्टराई, रोहिणी रसिक, किरण रिजाल, फणीन्द्रप्रसाद दाहाल, आयुष्मा खतिवडा भरत गुरागाईं बर्बरिक, कान्ता भट्टराई, टङ्क राजवंशी, धुटन मेहता, छत्र काफ्ले, राधा सुवेदी, जयकृष्ण यादव लगायतका स्रष्टा तथा कलाकारहरुले रचनावाचन गर्नु भएको थियो ।
सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव रमेन्द्र कोइरालाको गर्नु भएको थियो ।