विराटनगर १२ असार । सरकारले वैदेशिक रोजगारबाट फर्केकाको शिप,पूँजी र प्रविधिलाई राष्ट्रको हितमा प्रयोग गर्न आवश्यक सहयोग एवं सहजीकरण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित वैदेशिक रोजगारी फर्केका व्यक्तिहरुको पुनः एकीकरणमा सम्बन्धमा सञ्चारकमीहरुसँग छलफल तथा समन्वय बैठकमा सहभागीहरुले वैदेशिक रोजगारबाट फर्केकाहरुको सामाजिक, आर्थिक र शिपलाई उद्यमी बनाउने लक्ष्यले कार्य गरेमा मुलुक समृद्धितर्फ डोर्याउन सकिने धारणा राखेका छन् ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कार्यक्रमको उद्घाटन गर्दै सरकारले वैदेशिक रोजगारबाट फर्केकाकालाई समाजमा आर्थिक रुपमा व्यवस्थापन गर्न नीति तथा कार्यक्रम ल्याएको जानकारी दिनुभयो । उहाँले विदेशबाट फर्केकाहरुको शिपलार्य राष्ट्रिय पँजीको बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनु भयो ।

मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँल, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन : एकीकरण( रेमी)परियोजनाकी प्रदेश अध्यक्ष सपना थापाले विदेशबाट फर्केका जनशक्तिहरुको शिपलाई उत्पादनसँग जोडेमा मुलुकको आर्थिक समृद्धिका कायम गर्न सकिने सुझाव दिएका छन् ।

सो कार्यक्रममा बैदेशिक रोजगारीबाट फर्केका मोरङ केरावारी गाउँपालिका–१० की जीवनकुमारी राई र सुनसरी रामधुनि नगरपालिका–१ की सकुन्तला अधिकारीले विदेश रोजगारीमा जाने देशको भाषा एवं शिप सिकेर गएमा सम्मानजनक रोजगारी र उचित पारिश्रमिक प्राप्त हुने भएकाले यसतर्फ विशेष ध्यान दिनु जरुरी रहेको धारणा राख्नु भयो ।

तपाईको प्रतिक्रिया