काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा. मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ ।

सर्वोच्च अदालतलका प्रवक्ता अच्युत कुइँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको बिहीबारको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिए ।

डा. ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री कायम राख्नुपर्ने र निर्वाचन आयोगको अभिलेख पनि कायम गर्नुपर्ने मागसहित बुधबार रिट दायर गरेका थिए ।

इजलासले निर्वाचन आयोगको अभिलेखबारे समेत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको प्रवक्ता कुइँकेलले जानकारी दिए ।

सर्वोच्चले डा. ढकालको मागअनुसार अन्तरिक आदेश जारी नगर्नुपर्ने कारण १५ दिनभित्र पेस गर्न पनि विपक्षीलाई भनेको छ ।

तपाईको प्रतिक्रिया