काठमाण्डाै – फिफा क्लब विश्वकपको पहिलो क्वाटरफाइनलमा आज राति फ्लुमिनेन्स र अल हिलाल खेल्दैछन् । यो खेल राति पौने १ बजे फ्लोरिडामा रहेको क्याम्पिङ वल्र्ड स्टेडियममा शुरू हुनेछ ।

प्रि–क्वाटरफाइनलमा फ्लुमिनेन्सले इन्टर मिलानलाई र अल हिलालले म्यानचेस्टर सिटीलाई हराउँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

यस्तै दोस्रो क्वाटरफाइनलमा भोलि बिहान पौने ७ बजे पाल्मेरिस र चेल्सी खेल्दैछन् । यो खेल लिङ्कन फाइनान्सियल फिल्डमा हुनेछ । क्वाटरफाइनलमा पाल्मेरिसले बोटाफोगो र चेल्सीले बेनिफिकालाई हराएको थियो ।

यस्तै पेरिस सेन्ट जर्मेइन (पीएसजी), बार्यन म्युनिख, रियल मड्रिड र बोरुसिया डर्टमन्ड पनि क्वाटरफाइनलमा पुगेका छन् । अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपको फाइनल खेल असार ३० गते हुनेछ ।

तपाईको प्रतिक्रिया