नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा भएको छ।
मेयर जगतबहादुर गुरुङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे। १६ महिनादेखि २ वर्षमुनिका तीन सय ६९ जना बालबालिकाहले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना भएको सुनिश्चितसहित नगरपालिकामा रहेका सबै वडालाई एकैसाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
राष्ट्रिय खोप तालिका अनुसार नगरपालिकाका १३ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि नपालाई पूर्ण खोपयुक्त सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखाका संयोजक सत्येन्द्र शाहको भनाइ छ।