भोजपुरको रामप्रसाद राई गाँउपालिकामा एकै परिवारका चार जनाको हत्या भएको छ ।रामप्रसाद राई गाउँपालिका –२ को धोद्लेखानी बोन्थिताङमा चार जनाको सामूहिक हत्या भएको हो । एक जना गम्भीर घाइते छन् ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।भोजपुर नगरपालिका–२ हेलाउछ बस्ने राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर परिवारका चार जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको आशंका छ । राजेन्द्रले नै हत्या गरेको छु भनि प्रहरीलाई खबर गरेका थिए । उनी पनि घाइते छन् ।
प्रहरीका अनुसार राजेन्द्रकी श्रीमती, सासु ४५ वर्षीया मञ्जु गिरि, ससुरा ६२ वर्षीय बेलबहादुर गिरी र सालो हत्या भएको अवस्थामा शव फेला परेको हो । घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन्। घटना गएराति सवा १ बजेतिर भएको प्रहरीले बताएको छ ।
भोजपुरमा एकै परिवारका चार जनाको हत्या







































































