महेश भट्टराई / विराटनगर: नोबेल साकोस साहित्य संस्था कोसी प्रदेश शाखाको मासिक रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगरमा रहेको दाहाल प्रतिष्ठानको सभाहलमा कार्यक्रमको आयोजना गरेर संस्थाले आफ्नो मासिक रचनावाचन कार्यक्रम सम्पन्न गरेको हो । खोटाङ सेवा समाजका अध्यक्ष तथा उपभोक्तावादी व्यक्ति कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, प्राज्ञ खेम नेपाली, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, डा. देवी पन्थी, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, लेखक तथा अनुसन्धाता केशु विरही,हरि कट्टेल, शिवनारायण सिङ्गल, भरत बर्बरिक, उमानाथ भट्टराई, भानु कला केन्द्र मोरङका अध्यक्ष माया पौडेल विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा किरन अञ्जान, भवानीप्रसाद पोखरेल, प्रयाग न्यौपाने, उद्धव केसी, उमेश लुइटेल, कर्ण सञ्जय, लक्ष्मी रायमाझी, ऋषि तिवारी, नानुमैया दाहाल, प्रज्ञा कट्टेल, सुरेशकुमार अग्रवाल, भूपाल अधिकारी, गीतादेवी पोखरेल, खेम नेपाली, जमुना पौडेल, चिरञ्जीवी काफ्ले, प्रिन्स प्रमोद ढकाल, नवराज पोखरेल नवशिला, शारदा भट्टराई, डोमी कामत, जयन्त प्रधानाङ्ग, विक्रम याक्खालगायतका स्रष्टाहरूले रचनावाचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली भाषाका अतिरिक्त मैथिली, हिन्दी तथा अङ्ग्रेजी भाषाका कवितासमेत वाचन गरिएका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष भूपाल अधिकारीज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष ऋषि तिवारीज्यूले मलेसियाबाट नेपाल आउनुभएका साहित्यकार लघुकथाकार विक्रम याक्खाज्यूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सुजता राईले गर्नुभएको थियो ।