मोरङ, २४ असार । आफ्नै ६० वर्षीया भाउजुको हत्या गर्ने पक्राउ परेका छन् ।
भाउजु टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
रतुवामाई नगरपालिका–६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंक बहादुरलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा टंकबहादुरले आपसी झै–झगडा तथा रिसिवीको कारण हसियाको बिड प्रहार गरी भाउजु टिकामायाको हत्या गरेको खुल्न आएको छ ।
उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।