काठमाडौं – नेपाली महिलाहरूको महान चाड तीज नजिकिँदै गर्दा तीज विशेष गीतहरूको बहार छाएको छ । यही अवसरमा सार्वजनिक गरिएको नयाँ तीज गीत ‘तीज मनाउछौं सहारा सहारा’ ले दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्न सफल भएको छ।

गीतमा पबिन्द्र सुनार र मुना खड्काको सशक्त स्वर सुन्न सकिन्छ, जसले गीतलाई जीवन्त बनाएको छ । विशाल महार , कृष्ण मल्ल ठकुरीको रचना तथा पबिन्द्र सुनारकै संगीतमा सजिएको यो गीतले तीजको मौलिकता र आधुनिकताको समिश्रण प्रस्तुत गरेको छ।

गीतको संगीत संयोजनमा कृष्ण बजुरालीले नयापन भरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ द म्युजिक ऐरा स्टुडियोमा गरिएको हो।

गीतको भिडियोमा रोहित बस्नेत र बिना राउतको अभिनय रहेको छ, जसले पारम्परिक तथा आधुनिक नृत्यशैली समेटिएको छ। गौतम खड्का, ईशान दाहाल, युनिशा राई, जसमिन कार्की, सिम्रन राई लगायतका कलाकारहरूको आकर्षक नृत्यले भिडियोमा रंग थपेको छ।
ओम प्रकाश अवस्थी (ईश्वर)को छायांकन र सम्पादनमा बनेको भिडियोले तीजको उमंगलाई कलात्मक शैलीमा चित्रण गरेको छ। गीतको कोरियोग्राफी ए एण्ड आर क्रियसनले तयार पारेको हो भने निर्देशन आशिष राईले गरेका छन्।

रुपा मानन्धर र गीता जोशीको मेकअप, कुशल बखतीको फोटोग्राफी, र दिपक सिवाकोटीको व्यवस्थापनले सम्पूर्ण टिमको समर्पण झल्किन्छ ।

यो गीत विशेषगरी तीजका अवसरमा महिला दिदीबहिनीलाई उत्साहित गर्ने तथा सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको छ। सामाजिक सन्देशसहित मनोरञ्जनात्मक ढंगले तयार पारिएको यो गीतले तीजको माहोलमा थप रौनक ल्याउने विश्वास गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया