काठमाडौं । दाङमा जन्मे हुर्केकी गायिका हुन् रेखा पोखरेल । सानै उमेरदेखि गीत गाउन र समाजसेवामा रुचि राख्ने उनले काठमाडौँ आएसँगै ६ महिनाको अन्तरमा ९० भन्दा बढी गीत रेकर्ड गरिन् । तर उनलाई रेखा भने चिनाउने पहिलो गीत बन्यो ‘भाग्यमा श्री छ’ । जुन गीत उनको जीवनकै पहिलो हो । गीत संगीत क्षेत्रमा छोटोमा समयमा आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत गायिका पोखरेल पछिल्ला दिनमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त छिन् । गायिका पोखरेलका भाग्यमा श्री छ, ऐना हेरेर भाटु, हत्केलाले आँखा छेक्छ सूर्य छेक्दैन, लगायत चर्चामा रहेका बेला उनका ६ वटा गीत रिलिजको तयारीमा छन् । गायिका पोखरेल गीत संगीत क्षेत्रको सफल कलाकारको रुपमा आफूलाई दर्ज गर्न सफल बनिरहँदा उनले एकै दीनमा ७ वटा लाईभ दोहोरी गीत रेकर्ड गरेकी छिन् भने ५ वटा गीतमा एकै दिनमा स्वर भरेकी छिन् । उनले अहिलेसम्म ४ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । जुन उनकै स्वरमा रहेका गीतहरु हुन् । गायिका पोखरेल अष्ट्रेलिया र अमेरिकाका कार्यक्रमका लागि पनि तयारी भइरहेको बताउँछिन् । तीज विशेष अवसरमा रेखा दाङको भालुवाङ र घोराइका विभिन्न कार्यक्रममा सहभागी हुँदैछिन् ।
गायिका रेखा पोखरेल जसलाई ‘भाग्यमा श्री छ’ चिनायो
- ROSHAN POKHAREL
