विराटनगर : मोरङको विराटनगर महानगरपालिकाकी एक वृद्धाले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छिन् ।
विराटनगर महानगरपालिका वडा नं-८ स्वागत चौककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता प्राप्त गरेकी हुन् । उनले नागरिकता पाएसँगै उनका तीन छोरा र बुहारीले पनि नागरिकता प्राप्त गरेका छन् ।
विराटनगर-८ का वडा अध्यक्ष राम पोखरेलका अनुसार शान्तिदेवीले बैवाहिक अंगिकृत नागरिकता पाएकी हुन् ।
शान्तिदेवीका श्रीमान योगी शर्माको १७ वर्षअघि निधन भएको थियो । श्रीमानको निधन पछि नागरिकता बनाउन उनलाई समस्या भइरहेको थियो । अध्यक्ष पोखरेलको सक्रियतामा उनले नागरिकता पाएकी हुन् ।
नागरिकता बनेसँगै उनले सामाजिक सुरक्षा भत्ता समेत लिन थालेकी छन् ।