काठमाण्डौ । यस वर्षको दशैं पर्वलाई उल्लासमय बनाउँन गायिका गुणा राईले आफ्नो पछिल्लोको रुपमा “यो दशैंमा तिम्रो प्यारे” बोलको गीत सार्वजनिक गरेकी छिन् । स्थायी घर खोटाङ्ग भएकी उनि आधुनिक गीत संगीतबाट नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी हुन् । हाल सम्म थुप्रै गीतहरु बजारमा ल्याएर चर्चा बटुलेकी गुणाको यो दशैँ गीत पछिल्लो प्रस्तुति हो ।
“यो दशैंमा तिम्रो प्यारे” बोलको गीतलाई लय सन्तोष बि.सीले तयार पारेका हुन् भने शब्द अशंख्य गीतहरुमा काम गरिसकेका नुवाकोटे युवा लोकप्रिय सर्जक शम्भु नेपालले भरेका छन् । शम्भु काँठ क्षेत्रको भएता पनि उनमा जुनसुकै भेगको गीत सिर्जना गर्ने खुबी छ ।
गुणा राई युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको माथि उल्लेखित गीतको म्युजिक भिडियोमा अनिल विष्ट प्युठानी, कुमार सुनार, जानिका बिश्वकर्मा, रिमा राउत, बिशाल बराल, भिम कुमार ओझा र ऋतिका खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । गीतमा वर्षौंपछी एक परिवारको सदस्य घर फर्केर दशैं पर्वलाई निकै खुसिपुर्वक मनाउने भाव समाबेश गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।