नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता विजय बराल दोस्रोपटक पिता बनेका छन्। उनकी श्रीमती तथा कलाकार प्रमिलाले सोमबार बिहान काठमाडौं मोडल अस्पताल, बागबजारमा सुपुत्रीलाई जन्म दिएकी हुन्।

बराल दम्पती यसअघि नै एक छोराका अभिभावक रहँदै आएका थिए। नयाँ सन्तानको आगमनसँगै परिवारमा खुशी थपिएको छ।

विजयले फेसबुकमार्फत खुशी साट्दै लेखेका छन्, “न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकी र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार। परिवारमा सदस्यको रूपमा लक्ष्मीको आगमन भएको सुखद् जानकारी गराउन चाहेँ।”

फिल्म तथा मञ्च दुवै क्षेत्रमा सक्रिय रहेका विजय पछिल्लो समय व्यस्त कलाकारका रूपमा चिनिन्छन्। श्रीमती प्रमिला पनि अभिनय क्षेत्रमा सक्रिय रहेकी छन्।

तपाईको प्रतिक्रिया