असोज ६, २०८२ सोमबार बिहान पशुपतिनाथ परिसरमा विधिवत् शुभ साइत गर्दै नयाँ चलचित्र ‘लज्जावती’ को छायांकन सुरु भएको छ। शुभमुहूर्तको पहिलो सट ख्यातिप्राप्त लेखक तथा निर्देशक प्रदीप भारद्वाजले निर्देशन गरेका हुन्।
आहा फिल्म्सको व्यानरमा निर्माण हुँदै गरेको यस चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्मा मुख्य भूमिकामा देखिनेछन्। निर्माण टिमले करिब ३० दिनको सेड्युलमा फिल्म सुरु गर्ने लक्ष्य लिएको छ।
फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् भने निर्माणमा कमल प्रसाद शर्मा र सन्दीप रोकाया लगानीकर्ता रहेका छन्। कार्यकारी निर्माता दीपक भण्डारी, सह–निर्माता भिमराज रोकाया तथा छायांकन निर्देशकको जिम्मा दिब्यराज सुवेदीले सम्हाल्ने भएका छन्।
कलाकारहरूको लामो सूचीमा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल र रामहरि खड्का समेत रहेका छन्।
फिल्म टिमका अनुसार ‘लज्जावती’ फरक प्रस्तुति र कथावस्तुसहितको मनोरञ्जनात्मक प्रोजेक्ट हुने विश्वास गरिएको छ।