फूलपातीको दिन रिलिज हुने तीन नेपाली फिल्म— ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’—को शो बाँडफाँट सार्वजनिक भएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा सबैभन्दा धेरै शो ‘बलिदान’लाई दिएको छ । यसले ४१ शो पाएको छ भने ‘माइतीघर’ले २८ र ‘हरिबहादुरको जुत्ता’ले २७ शो पाएका छन् ।

त्यसैगरी, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका पाँच आउटलेटमा पनि ‘बलिदान’ अगाडि छ—२१ शो पाएको छ । ‘माइतीघर’ले १५ र ‘हरिबहादुरको जुत्ता’ले १४ शो पाएका छन् ।
वान सिनेमामा पनि ‘बलिदान’ले १० शो, ‘माइतीघर’ले ९ शो र ‘हरिबहादुरको जुत्ता’ले ७ शो सुरक्षित गरेका छन् । अन्य मल्टिप्लेक्समा पनि यस्तै अनुपात देखिएको छ ।

कलाकार र निर्देशक

बलिदान’ : निर्देशक सन्तोष सेन, कलाकार समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन।

हरिबहादुरको जुत्ता’ : निर्देशक दीपेन्द्र के. खनाल, मुख्य भूमिकामा हरिवंश आचार्य, स्वस्तिमा खड्का र प्रकाश सपूत।

‘माइतीघर’ : निर्देशक मिलन तामाङ, कलाकार केदार घिमिरे, धिरज मगर, उपासना सिंह ठकुरी र प्रकाश सपूत।

तपाईको प्रतिक्रिया