अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई ग्रह–नक्षत्रअनुसार कार्यशैली परिवर्तन गर्न आग्रह गरेका छन्। उनले आफ्नो ज्योतिषीय ज्ञानका आधारमा प्रधानमन्त्रीलाई विशेष मार्गनिर्देशन दिएका हुन्।

अधिकारीका अनुसार, देशको नेतृत्व गर्ने पदमा हुने निर्णय ग्रह–नक्षत्रको प्रभावले प्रभावित हुन सक्छ। त्यसैले सही समय र दिशामा ध्यान दिन आवश्यक छ। उनले प्रधानमन्त्रीलाई दिएका मुख्य सुझावहरू यसप्रकार छन् :

. प्रत्येक बिहान कार्यालयमा शहीदहरूको स्मरण गर्दै र सूर्यलाई आदर गर्दै दियो बाल्ने।

. कार्य गर्दा पूर्व वा उत्तर दिशातर्फ फर्केर मात्र बस्ने।

. दैनिक जीवनमा पहेँलो रंगको केही न केही प्रयोग गर्ने।

. कार्यालयमा शौचालय उत्तर–पूर्व वा दक्षिण–पूर्वतर्फ परे कोठा परिवर्तन गर्ने।

अधिकारीले भने, “यो अवस्था र देशको हितमा केही मार्गदर्शन गर्नु मेरो जिम्मेवारी हो। यी नियम पालना गर्दा सही निर्णय सुनिश्चित हुन्छन्, नगरेमा गलत निर्णय हुने र समय खेर जाने सम्भावना रहन्छ।”

तपाईको प्रतिक्रिया