कोशी प्रदेश नामकरणविरुद्ध उभिएको ‘नो कोशी आन्दोलन’लाई आधार बनाएर निर्माण गरिएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक भएको छ। आगामी मंसिर ५ गतेबाट यो फिल्म देशभर प्रदर्शनमा आउँदैछ।

टिजरमा हालसालै चर्किएको पहिचान, समानता र स्वायत्तताको मुद्दालाई केन्द्रबिन्दु बनाइएको छ। सिलाम साक्मा अंकित झण्डा फहरिएको दृश्यले आन्दोलनको स्वरूप र फिल्मले उठाउने गम्भीर प्रश्नलाई संकेत गरेको देखिन्छ।

फिल्ममा अभिनेत्री करिश्मा मानन्धर सञ्चारकर्मीको भूमिकामा, अभिनेता धिरेन शाक्य प्रहरी प्रमुखको भूमिकामा र नेपाल आइडल विजेता प्रशान्त तामाङ पहिचानवादी नेताको भूमिकामा प्रस्तुत भएका छन्।

पूर्वी नेपालका विभिन्न ठाउँमा खिचिएको यो फिल्म करिब एक करोड रुपैयाँमा तयार भएको हो। भिम लामा फिल्म्स प्रालिको ब्यानरमा बनेको यस फिल्मका निर्माता भिम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ हुन्।

कलाकार सूचिमा धिरेन शाक्य, करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खड्गी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत समावेश छन्।

तपाईको प्रतिक्रिया