दशैंको अवसर पारेर सोमबारदेखि देशव्यापी प्रदर्शनमा आएका नेपाली फिल्महरूले घरेलु बक्सअफिसमा अपेक्षित स्तरको सुरुवाती कमाइ गर्न सकेका छैनन्। गतवर्षको दशैंमा देखिएको जोशसँग तुलना गर्दा यसवर्षको फूलपातीमा कमाइमा गिरावट आएको देखिन्छ।

रियल टाइम सिनेपाः बक्सअफिसमा सार्वजनिक विवरणअनुसार, ‘बलिदान’ ले २४४ शोजमार्फत ५७ लाख १९ हजार ३४० रुपैयाँ ग्रस संकलन गर्दै पहिलो दिनकै कमाइमा अग्रस्थान हासिल गरेको छ। सोही दिन ‘हरिबहादुरको जुत्ता’ले १३४ शोजबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ ग्रस कमाएको छ भने ‘माइतीघर’ ले १४४ शोजमार्फत १८ लाख ९६ हजार ४५५ रुपैयाँ ग्रस कमाइ गरेको छ।

यद्यपि, आउँदो शनिबारसम्म दशैंको लामो बिदा रहने भएकाले यी फिल्महरूले अझै राम्रो व्यापार गर्ने सम्भावना कायमै छ। तर, उनीहरूको व्यवसायिक भविष्य अन्ततः ‘वर्ड अफ माउथ’ (प्रेक्षकको मुखबाट फैलिने प्रचार) मा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया