आगामी कार्तिक ६ गते (भाइटिकाको दिन) प्रदर्शनमा आउने बहुप्रतीक्षित नेपाली चलचित्र **‘सोल्टिनी’**ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ ।
गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको मधुर स्वर सुन्न सकिन्छ भने, शब्द र संगीत पनि सिवाकोटीकै सिर्जना हो । गीतलाई देवेश राईले संगीत संयोजन गरेका छन् ।
रोमाञ्चक भिडियोमा चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेमकथा, पारिवारिक बाधा र सामाजिक अड्चनहरूलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
अर्जुन सुवेदीले निर्देशन गरेको यो चलचित्रमा प्रकाश र परीक्षासँगै सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि दमदार अभिनय रहेको छ ।
फिल्मको कार्यकारी निर्माणमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ संलग्न छ ।
‘सोल्टिनी’को छायाङ्कन इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका सुन्दर दृश्यमा गरिएको हो, जसले चलचित्रलाई अझ आकर्षक बनाएको छ ।